ट्रेण्डिङ

होमपेज / समाज

जीवन स्तर सुधार गर्न सल्यानका किसानलाई बाख्रा वितरण

  सल्यान खबर डेस्क २०८० असार १३ गते बुधबार १९:५०:०२ मा प्रकाशित

असार १३,सल्यान 
किसानको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले सल्यानको कालीमाटी गाउँपालिकाका किसानलाई बाख्रा वितरण गरिएको छ । २७ किसानलाई स्थानीय जातका १सय ३५ बाख्रा र ३ बोका वितरण गरिएको छ । 

पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको १५ लाख कालीमाटी गाउँपालिकाको ३ लाख र स्थानीय किसानको ४ लाख ५० हजारको लागतमा बाख्रा खरिद गरि वितरण गरिएको हो । 

बाख्रापालनका लागि भूगोल र हावापानी उपयुक्त जिल्ला रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द बहादुर महतले जानकारी दिनु भयो । अनुदानमा दिइएका बाख्राबाट किसानको जीवनस्रत माथि उठाउन टेवा पुग्ने उहाँको भनाई छ । बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरि अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गर्नु भयो । 

कालिमाटी गाउँपालिका बाख्रा पालनका लागि उपयुक्त वातारण भएको बताउँदै उहाँले व्यावसायिक रुपमा बाख्रा पालन व्यवसाय अघि बढाउन किसानलाई आग्रह गर्नु भयो । किसानलाई उत्पादनमुलक कार्यमा जोडेर स्वरोजगार बनाउने उद्देश्यले बाख्रापालन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top