ट्रेण्डिङ

होमपेज / समाज

सल्यान बनगाड कुपिण्डे नगरपालिकाको बजेट ६९ करोड ८७ लाख

  सल्यान खबर २०८० असार ११ गते सोमबार २१:३८:२९ मा प्रकाशित

सल्यान  असार  ११ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले ६९ करोड ८७ लाख २९ हजार बराबरको  बजेट  ल्याएको छ  ।

आर्थिक  वर्ष  २०८०/०८१ का लागि  चालुतर्फ ४८ करोड ३४ लाख ४१ हजार र पुजिगत तर्फ २१ करोड ५२ लाख ८८ हजार बिनियोजन गरेको छ  ।

अनुमानित स्रोतहरु आन्तरिक राजश्वबाट ३ करोड, नेपाल सरकारको राजश्व बाडफाडबाट १२ करोड ६६ लाख ६२ हजार, नेपाल सरकार वितिय समानिकरण अनुदान मार्फत १२ करोड ६ लाख, विषेश अनुदान बाट ९५ लाख समपुरक अनुदान ५५ लाख र शर्सत अनुदान बाट ३० करोड ६ लाख ३ हजार  यस्तै कर्णाली प्रदेश सरकार बाट वितिय समानिकरण अनुदान १ करोड २९ लाख २२ हजार , समपुरक अनुदान १ करोड ४० लाख र विषेश अनुदान ६० लाख र सर्शत अनुदान बापत ३ करोड १९ लाख ७३ हजार र राजस्व बाडफाड बापत २९ लाख ८७ हजार प्राप्त हुने प्रक्षेपण गरिएको छ । 
 साथै ४ करोड २२ लाख ८५ हजार रकम गत आवको बचत रकमबाट व्यहोर्ने गरि बजेट प्रस्तुत गरिएको छ ।

बजेटमा शिक्षा तर्फ २ करोड ६१ लाख ५० हजार , स्वास्थ्य तर्फ २ करोड ६० लाख ३४ हजार , युवा खेलकुद तथा मनोरञ्जन ३० लाख, खानेपानी तथा सरसफाइ १ करोड १० लाख ८८ हजार र सुस्वा बाट ३ करोड ७० लाख, लैगिक समानता र सामाजिक समाबेशीकरण २६ लाख ५० हजार, वन तथा भु सरक्षण र जलाधार सरक्षण १ करोड ९ लाख, विपद व्यवस्थापन २५ लाख, उधमशिलता विकास १७ लाख ५० हजार विनियोजन  गरेको  छ । 
 सस्थागत विकास सुशासन तथा सेवा प्रबाहको लागि १२ करोड ९६ लाख, स्थानिय पुर्वाधार सडक १ करोड २० लाख, कृषि तथा पशुपालन १ करोड २५ लाख ३५ हजार, आगामी ४ वटा वडा कार्यालय निर्माणको लागि २ करोड ४० लाख, वस्ती स्तरबाट छनोट भए आएका १२ वटा वडा कार्यालयको लागि २ करोड ४० लाख, र अन्य विभिन्न साझेदारी रकम १ करोड ९५ लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top