ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा उत्कृष्ट कृषक पुरस्कारबाट छ किसान सम्मानित 

  सल्यान खबर डेस्क २०८० असार १० गते आइतबार १९:५१:१५ मा प्रकाशित

असार १०,सल्यान 

सल्यानको त्रिवेणी गाउँपालिकाले कृषि क्षेत्रको विकासमा पु¥याएको योगदानको कदर गर्दै ६ किसानलाई सम्मान गरेको छ । ६ किसानलाई गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट सम्मान गरिएको हो । 

सम्मानित हुनेमा त्रिवेणी बहुउद्देश्यीय कृषि फर्मका नेत्र प्रकाश पुन, जनसेवा भैँसी फर्मका सालिकराम महतरा, सल्लेरी कृषि तथा पशुपक्षी फर्मका तुल्सीराम बुढा, न्यु रावत कृषि तथा पशुपक्षी फर्मका चेत बहादुर रावत, आषिक भैँसी तथा पशुपक्षी फर्मकी उत्तमी पुन र शिवा बाख्रा पालन फर्मका पृथी बहादुर ओली रहेका छन् । उत्कृष्ट हुने ५ किसानलाई २० हजार नगद सहित सम्मान गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिनु भयो । 

यस्तै तीन सहकारीलाई कृषकको उत्पादन गाउँपालिकाको अनुदान वितरण तथा सम्मान समेत गरिएको छ ।  उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था, दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारी र नमुना सामाजिक उद्यमी महिला सहकारी संस्थालाई सम्मान गरिएको उहाँको भनाई छ । गाउँपालिकाले ४८ किसानको बिमा प्रिमियम अनुदान समेत वितरण गरेको छ । पालिका भित्रका विभिन्न ४८ किसानले गरेको बिमा बापतको १करोड ५० लाख २० हजार ५ सय ५० मध्ये पालिकाले ७८ हजार ५ सय ४६ रुपैयाँ वितरण गरेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top