होमपेज / समाज
असार ३,सल्यान
सल्यानमा ट्याक्टर दुर्घटना .भएको छ । जिल्लको बागचौर नगरपालिका ११ हिलेखर्क स्थित भित्री सडकखण्डमा रा १ त ४१८६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । हिलेखर्कबाट आइतबार दिउँसो ५ जजेतिर बागचौर नगरपालिका ९ पातहाल्न जाँदै गर्दा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटना हुँदा सल्यान कुमाख गाउँपालिका ६ वडागाउँका अन्दाजी २३ वर्षीय नेप बहादुर केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । टेयाक्टर डिकबाट ५ ६ मिटर तल खसेको उहाँको भनाई छ । चालक केसीलाई बाहिरी चोट केही नदेखिएको र बेसोस भएको उहाँले बताउनु भयो । बेहोस चालकको उपचारका लागि थारेमारे पठाइएको खनाले बताउनु भयो ।





.jpg)