ट्रेण्डिङ

होमपेज / समाज

सल्यान श्रीनरमा जिपले ठक्कर दिँदा पैदा यात्री घाइते

  सल्यान खबर २०८० जेठ ३२ गते बिहीबार १६:३४:०१ मा प्रकाशित

जेठ ३२,सल्यान 

सल्यानको श्रीनगरमा जिपले ठक्कर दिँदा दुई पैदल यात्री घाइते भएका छन् । बिहीबार दिउँसो श्रीनगर बजारमा लु १ ज ३९२८ नम्बरको जिपले ठक्कर दिँदा सल्यान शारदा नगरपालिका १४ की अन्दाजी २२ वर्षीय योजना कँवर वि.क र शारदा नगरपालिका ६ की हिरा कँवर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घाइते दुवै जनाको श्रीनगर स्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । ठक्कर दिने जिप प्रहरी नियन्त्रणमा रहेको र चालक घाइतेको उपचारको रहेको उहाँले बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top