ट्रेण्डिङ

होमपेज / समाज

दार्मा गाउँपालिकामा १६ औँ जातीय भेदभाव तथा उन्मुलन दिवस मनाइयो

  सल्यान खबर डेस्क २०८० जेठ २१ गते आइतबार १७:३६:२६ मा प्रकाशित

राम प्रसाद शर्मा जेठ २१,सल्यान 

दार्मा गाउँपालिका सल्यानले १६ औँ जातीय भेदभाव तथा उन्मुलन दिवस एक कार्यक्रमका बिच मनाएको छ ।  दार्मा गाउँपालिका सल्यानको आर्थिक तथा प्राविधिक सहयोगमा पालिकाको सहिद स्मृती सभा हलमा कार्यक्रम सम्पन्न गरिएको हो ।

 कार्यक्रममा बोल्दै दार्मा गाउँपालिका उपाध्यक्ष जुना मल्ल चन्दले जातीय भेदभाव कानुनी रुपमा हटे पनी व्यवहारिक रूपमा अझै समाजमा रहेकोले भेदभाव निर्मूल गर्न चेतनात्मक र रचनात्मक कार्यक्रमको आवश्यकता रहेको बताउनु भयो । त्यसका लागि आउँदा दिनहरूमा कार्यक्रमलाई प्रभावकारी बनाउने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै दार्मा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेसम ओलीले कामको आधारमा जातिको विभाजन गरेको कुरा बताउँदै त्यो अहिले समाजमा एउटा गम्भीर समस्या मध्ये एक भएको बताऊ बताउनु भयो । यसलाई अन्त्य गर्न सबैले हातेमालो गर्नुपर्ने उहाँको भनाई छ  ।

  इलाका प्रहरी कार्यालय दार्माका शेरजङ चन्दले समाजमा जातीय भेदभाव भएको थाहा पाए कहाँ र कसरी उजुरी गर्ने लगायतका महत्त्वपूर्ण कुरा राख्नु भएको थियो 

कार्यक्रममा सहभागीले समाजमा जातीय छुवाछूत अझै रहेकोले यसलाई हटाउन स्थानीय सरकारले ठोस योजना बनाउनुपर्ने कुरामा जोड दिएका थिए ।

दार्मा गाउँपालिका कार्यपालिका सदस्य एवम् दलित सञ्जाल दार्माका संयोजक लाल बहादुर सुनारको अध्यक्षता रहेको कार्यक्रमको स्वागत मन्तव्य महिला तथा बालबालिका शाखाको प्रमुख यमुना खड्काले गर्नुभएको थियो भने सञ्चालन रामप्रसाद शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top