होमपेज / समाज
जेठ २०,सल्यान
सल्यानको कपुरकोट गाउँपालिका ३ फलाटेमा दुई घरमा आगलागी हुँदा चार लाख बराबरको क्षति भएको छ ।
बिजुलीको तार सट हुँदा फलाटेका ५५ वर्षीय सेते डाँगीको घर र ३५ वर्षीय कृष्ण खत्रीको गोठमा जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
डाँगीको फुुसले छाएको दुई कोठे घर खत्रीको गोठ पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।
मानवीय क्षति नभए पनि घरभित्र रहेका अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको उहाँको भनाई छ । स्थानीय र प्रहरीको समन्वयमा घरमा लागेको आगो अहिले नियन्त्रणमा आएको खनालले बताउनु भयो । गर्मीयाम बढेसँगै सल्यानमा आगलागीका घटना बढ्दै जान थालेका छन् ।





.jpg)