ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा दुई मोटरसाइकल ठोकिदा तीन घाइते

  सल्यान खबर २०८० जेठ १६ गते मंगलबार १४:०५:५४ मा प्रकाशित

जेठ १६,सल्यान 
सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका छन् । 

मंगलबार बिहान सल्यान बनगाड कुपिण्डे नगरपालिकाको बालुवासंग्रहीबाट सल्यान खलंगा आउँदै गरेको भे ८ प ३५६९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट गइरहेको ग४प १४८० नम्बरको मोटरसाइकल बनगाड कुपिण्डे नगरपालिका ९ जैतपानीमा ठोकिएका हुन । 

एक आपसमा मोटरसाइकल ठोकिदा बनगाड कुपिण्डे नगरपालिका ११ बालुवासंग्रहीका ३७ वर्षीय धन बहादुर खड्का, बनगाड कुपिण्डे नगरपालिका ९ शेराका २७ वर्षीय पुस्कर बुढा र शोही ठाउँका ३१ वर्षीय भीम बहादुर एरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । 
घाइते तीनै जनाको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको र सबैको अवस्थामा सामान्य रहेको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top