ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको बनगाडमा अपाङ्गता भएका व्यक्तिहरूलाई मुडा बुनाइ तालिमको उद्घाटन

  सल्यान खबर २०८० जेठ १२ गते शुक्रबार १८:०९:१४ मा प्रकाशित

जेठ १२,सल्यान

अपाङ्गता भएका व्यक्तिहरूको सीप विकास गर्ने, सीप विकास गरी आय आर्जन सिर्जना गरेर आत्मनिर्भर बनाउने उद्देश्यका साथ बनगाड कुपिण्डे नगरपालिकामा मुडा बुनाइ तालिम सञ्चालन गरिएको छ ।

  वनगाड कुपिण्डे नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना उक्त कार्यक्रम उद्घाटन गरिएको हो  । अपाङ्गता भएका व्यक्तिहरूलाई घरमा नै बसेर केही सीप सिकाएर सक्षम बनाउने उद्देश्यले  कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । आफ्नो व्यवहारमा परिवर्तन गर्न सक्ने , केही सीप सिक्ने उद्देश्यका साथ नगरपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको  मेयर कर्ण बहादुर बुढाथोकीले बताउनु भयो ।

  अपाङ्गता भएका व्यक्तिलाई स सम्मान जीवन निर्वाह गर्न सहयोग पुर्‍याउने, रोजगारीको सिर्जना गर्ने,अपाङ्गता भएका व्यक्तिहरू लाई आर्थिक सशक्तीकरण गर्ने, लगायतका सीप विकास कार्यक्रम आयोजना गरिएको उहाँको भनाई छ । नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले अपाङ्गले पनि सपाङ्ग सरह काम गर्न सकिन्छ भन्दै आत्मविश्वास बढाएर काम गरेमा सीप सिक्न सकिने समेत उहाँले बताउनु भएको छ । बिस्तारै सबै अपाङ्गहरूलाई सीप सिकाउने बताउनु भएको छ ।

आफूले केही गर्न सक्छौ भन्ने सोच आत्मविश्वास बढाएर लाग्नु होला निरन्तरता दिन नै सिपको लागि महत्त्वपूर्ण भएको नगर उप प्रमुख पुरुषोत्तम आचार्यले बताउनु भएको छ । 

 कार्यक्रम नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, उप प्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर घर्ती, १ न वडा अध्यक्ष थुम बहादुर बिसी, इन्जिनियर महेश देवकोटा महिला शाखा प्रमुख निरु शाही, लक्ष्मी शाही लगायत प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top