ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको बनगाडमा डोको, छाप्री र टोकरी बुन्ने तालिम सञ्चालन

  सल्यान खबर २०८० जेठ ११ गते बिहीबार २०:३३:५२ मा प्रकाशित

जेठ ११,सल्यान 

अन्तर पुस्ता हस्तान्तरण गर्ने भन्दै सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा डोको, छाप्री र टोकरी बुन्ने तालिम बिहीबारबाट सुरु भएको छ । 

 रोजगारको सिर्जना गरी  आर्थिक समृद्धिमा टेवा पुर्‍याउने, स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्ने उद्देश्यका साथ आजबाट १२ दिने तालिम सुरु भएको हो ।   पुरानो ज्ञान सिपको संरक्षण तथा प्रवर्द्धन गर्ने, ज्येष्ठ नागरिकहरूको सम्मान तथा अभिनन्दन वृद्धि गर्ने, पुरानो कला तथा संस्कृतिलाई जीवन्त राख्न  तालिमको आयोजना गरिएको महिला तथा बालबालिका शाखाले जनाएको छ ।  सीप तथा प्रविधि हस्तान्तरण गरी दक्ष जनशक्ति उत्पादन गर्ने, यसको मूल उद्देश्य रहेको आयोजकको भनाई छ । 

कार्यक्रमको उद्घाटन गर्दै मेयर कर्ण बहादुर बुढाथोकीले स्थानीय परम्परागत ज्ञान र सीप सिकेर  पनि आत्मनिर्भर बनी  जीवन स्तर सुधार गर्न सकिने बताउनु भयो ।  १ पुरानो पुस्ताले नयाँ युवा पुस्तालाई हस्तान्तरण गर्न सहजीकरण गर्ने उद्देश्यले लोप हुँदै गएकोलाई परम्परालाई बचाउने उद्देश्य सीप सिकाउन लगाएको उहाँको भनाई छ । सीप सिकेर प्रयोगमा ल्याएर आर्थिक लाभ लिन सबैमा अनुरोध गर्नु भएको छ ।  सिकेको सीपलाई नगरपालिका सबैको  ठाउँ हेरेर उत्पादन क्षेत्रमा, पकेट क्षेत्रको रूपमा अगाडि बढाउने नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले बताउनु भएको छ । 

कार्यक्रममा उप प्रमुख पुरुषोत्तम आचार्य, ४ न वडा अध्यक्ष पुष्कर बुढा, ५ न वडा अध्यक्ष पिपर खत्री, ७ न वडा अध्यक्ष जीवन सिंह ठकुरी, बनगाड क्याम्पस प्रमुख गणेश चन्द लगाएको प्रशिक्षक प्रशिक्षार्थीको उपस्थिति रहेको थियो  ।  निरु शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सभाअध्यक्ष ता ६ न वडा अध्यक्ष गणेश विसिले गर्नु भएको थियो भने  सञ्चालन लक्ष्मी विसिले गर्नु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top