होमपेज / समाज
जेठ ११,सल्यान
कृषिलाई व्यावसायिक र कृषि पेसातर्फ उन्मुख गराउन किसानलाई मिनिटेलर प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सल्यान मार्फत जनसेवी कृषि सहकारीमा आवद्ध किसानलाई मिनिटेलर प्रदान गरेको छ ।
कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गराउने उद्देश्यले परियोजनाले ५० प्रतिशत अनुदानमा मिनिटेलर प्रदान गरेको हो । किसानको बढ्दो आवश्यकता र मागलाई सम्बोधन गर्दै किसान लक्षित सामाग्री वितरण गरिएको जनसेवी कृषि सहकारी संस्था शारदा नगरपालिका १ श्रीनगरका अध्यक्ष नविन सिहं भडेलले जानकारी दिनु भयो । परियोजनासँगको समन्वयमा सहकारीमा आवद्ध किसानहरुको मागको आधारमा ४ वटा मिनिटेलर वितरण गरिर्एको उहाँको भनाई छ ।
६२ हजार पर्ने मिनिटेलरलाई किसानको ३१ हजार र कार्यालयले ३१ हजार व्यहोर्ने गरी ५० प्रतिशत अनुदानमा मिनिटेलर वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना कार्यन्वयन इकाई सल्यानका हेमन्त रावतले बताउनु भयो । राज्यले दिएको सम्पत्ति किसानहरुले सही सदुपयोग गरेमा आगामी दिनहरुमा पनि यस्तै खालका सहयोग गर्न सहज हुने उहाँले बताउनु भयो ।
मिनिटिलर पाएपछि गोरु पाल्नलाई झन्झट र जोत्न ढिलो हुने समस्याबाट मुक्त हुने स्थानीय किसान फत्ते बहादुर हमालले बताउनु भयो । जनशक्तिको अभाव भइरहेको समयमा मेशिनरी औजारको माध्यमबाट छोटो समयमा कृषिजन्य काम गर्न निकै सहज हुने उहाँको भनाई छ ।





.jpg)