ट्रेण्डिङ

होमपेज / समाज

जनकल्याण क्याम्पसले क्वारेनटाइनका लागि भवन उपलब्ध गराउने

  सल्यान खबर डेस्क २०७६ चैत्र १५ गते शनिबार ११:०४:३१ मा प्रकाशित

चैत १५,सल्यान 
बागचौर नगरपालिका २ थारमारेमा रहेको जनकल्याण क्याम्पसले क्वारेनटाइनका लागि भवन उपलब्ध गराउने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै क्याम्पस भवन उपलब्ध गराउने जनाएको हो । 
जनकल्याण क्याम्पस थारमारेले शनिबार एक सूचना जारी गर्दै संघ, प्रदेश, स्थानीय तह वा अन्य कुनै संघसंस्थालाई क्वारेनटाइन बनाउन भवनको आवश्यकता भए आफूहरुले भवन उपलब्ध गराउने जनाएको हो । विश्वभर महामारीको रुपमा आएको भाइरस नेपालमा पनि आएमा र त्यसको उपचारका लागि भवन आवश्यक परे भवन उपलब्ध गराउने जनकल्याण क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्माले बताए । उनले कोरोना भाइरसबाट बच्न सबैको दायित्व बराबर रहेका बताउदै आ आफ्नो ठाउँबाट सहयोग गर्न समेत आग्रह गरेका छन् । 
कोभिङ १९ का विरुद्ध लडन् र राज्यलाई सहयोग गर्न क्याम्पस भवन उपलब्ध गराउने निर्णय गरिएको क्याम्पस प्रमुख पोखरराज भण्डारीले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top