ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा जिप र मोटरसाइकल ठोकिदा ३ जना घाइते

  सल्यान खबर डेस्क २०८० जेठ १० गते बुधबार १६:५०:२५ मा प्रकाशित

 जेठ १०,सल्यान 

सल्यानमा मोटर साइकल र स्कोरपियो जिप ठोकिदा तीन जना घाइते भएका छन् । राप्ती राजमार्ग अन्तर्गत छत्रेश्वरी गाउँपालिका ६ लान्तीमा दाङदेखि सल्यान श्रीनगर आउँदै गरेको बा १६ च ९६४ नम्बरको स्कोरपियो जिप र विपरीत दिशाबाट गइरहेको रा १ प ९९०१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका हुन । 

एक आपसमा ठोकिदा मोटरसाइकल चालक सल्यान शारदा नगरपालिका १ श्रीनगर का २६ वर्षीय सुमन गिरी, मोटरसाइकलको पछाडि सवार शारदा नगरपालिका ३ की अन्दाजी १९ वर्षीय उमा विष्ट र स्कोरपियो चालक दाङ बबई गाउँपालिका ४ का ३४ वर्षीय गजराज बलाम घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइते तीनै जनाको श्रीनगर स्थित परोपकार अस्पताल श्रीनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । 

मोटरसाइकलमा सवार दुवै जनाको अवस्था गम्भीर रहेको र स्कोरपियो चालकको अवस्था सामान्य रहेको उहाँको भनाई छ । स्कोरपियोको ठक्करबाट मोटरसाइकल सडकबाट झन्डै ५० मिटर तल खसेको छ । स्कोरपियोलाई भने प्रहरीले आफ्नो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top