ट्रेण्डिङ

होमपेज / समाज

कृषि बिकास कार्यालय सल्यानबाट संचालन भएका योजनाहरुको अनुगमन

  सल्यान खबर डेस्क २०८० जेठ ८ गते सोमबार २१:४५:५९ मा प्रकाशित

जेठ ८, सल्यान
कृषि बिकास कार्यालय सल्यान बाट संचालन भएका योजनाहरुको अनुगमन गरिएको छ ।

सोमबार जिल्लाका सरोकारवालहरुको सहभागितामा यस बर्ष कृषि बिकास कार्यालय बाट संचालन भएका बिभिन्न योजनाहरुको अनुगमन गरिएको हो ।

जिल्लाको त्रिबेणी गाउँपालिकामा बिभिन्न समुह मार्फत गरिएको तरकारी खेती र छत्रेश्वरी गाउँपालिकाको दारीम ज्युलामा निर्माण भैरहेको सिचाई कुलोहरुको अनुगमन गरिएको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ । योजना अनुगमनमा जिल्ला समन्य समितिका प्रमखु बेलाराम रावल, उपप्रमुख असबिर बुढाथोकी, प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल, कृषि बिकास कार्यालय सल्यानका निमित्त प्रमुख रेशम कुमार बस्नेत, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दामोदर केसी लगायतले अनुगमन गर्नुभएको हो । 

अनुगमन पश्चात सहभागिहरुले सरकारी अनुदानको सहि सदुपयोग गरेर किसाहरुले बढि भन्दा बढि लाभ लिन आग्रह गरेका छन । किसानले बाह्रै मास तरकारी खेतिलाई बढवा दिएर आम्दानी बढाउन आग्रह गरेका हुन ।

पछिल्लो समय कृषकहरुको माग र आबश्यकता अनुसारका उपयुक्त कृषि प्रबिधिहरु तथा सेवाहरु सर्बशुलभरुपमा उपलब्ध भैरहेकाले रोजगारिका अबसरहरुको सृजना गर्दै आयस्तर बृद्धी गर्न सुझाव दिएका छन । 

जिल्लामा यस बर्ष कृषि बिकास कार्यालय सल्यान बाट ३७ वटा सिचाईका योजा संचालनमा छन भने अन्य २ दर्जन भन्दा बढि योजनाका कार्यक्रम संचालनमा रहेको कृषि बिकास कार्यालयका निमित्त कार्यालय प्रमुख रेशम कुमार बस्नेतले बताउनु भयो । उहाँका अनुसार केही योजना सम्पन्न भएर भुक्तानी भैसकेको र केही योजना सम्पन्न हुने चरणमा रहेका छन । किसानलाई कृषिमा आत्मा निर्भर बनाउन र आम्दानी बढाउनको लागि प्रत्येक बर्ष बिभिन्न अनुदानमा सहयोग पुग्ने कार्यक्रम ल्याईएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top