ट्रेण्डिङ

होमपेज / समाज

शारदा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु

  सल्यान खबर २०८० जेठ ८ गते सोमबार १७:२१:०९ मा प्रकाशित

जेठ ९,सल्यान 

शारदा नदीमा नुहाउने क्रममा डुबेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका ५ घर भई शारदा नगरपालिका १४ तुषारेमा फुपूको घरमा पाहुना गएका अन्दाजी २३ वर्षीय गोविन्द कँवरको मृत्यु भएको हो । 

सोमबार दिउँसो सिद्ध कुमाख गाउँपालिका ३ ढोरचौर स्थित शारदा नदीमा नुहाउने क्रममा कँवर डुबेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । नदीमा डुबेको स्थानीयले देखेपछि पानीबाट निकाल्दा बेहोस भएका कँवरको उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको थियो ।  

अस्पतालमा उपचार गर्ने क्रममा अस्पतालका डाक्टरले  कँवरलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । कँवरसँगै शारदा नदीमा आफ्नै भाइ र फुपूकी छोरी समेत गएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top