ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति

  सल्यान खबर डेस्क २०८० जेठ ७ गते आइतबार १९:५९:२५ मा प्रकाशित

जेठ ७,सल्यान 
सल्यानको एक घरमा आगलागी हुँदा पाँच  लाख बराबरको क्षति भएको छ । 

जिल्लाको कपुरकोट गाउँपालिका ३ का काले वि.कको एक तले फुसले छाएको घरमा आइतबार बिहान आगलागी भएको थियो । घरमा एक्कासी विद्युतको तार सट भई घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आए पनि घर भित्र रहेका अन्नपात, लत्ताकपडा लगायतका सामाग्री जल्दा ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । 

फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित खवर

Top