ट्रेण्डिङ

होमपेज / समाज

धनगढीमा पनि भेटिए कोरोना संक्रमित

  सल्यान खबर डेस्क २०७६ चैत्र १४ गते शुक्रबार २०:१६:०० मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)बाट थप एक नेपाली संक्रमित भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार नै गरिएको परीक्षणमा ३४ वर्षीय नेपाली पुरूषमा कोभिड १९ पोजिटिभ भेटिएको उनले बताए ।

डा देवकोटाले  उपत्यका बाहिर पहिलो पटक कोरोनाको संक्रमण देखिएको र बिरामीको कैलालीस्थित  सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको बताए । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । 

डा देवकोटाले कोरोना संक्रमण राजधानीबाहिर पनि  पुष्टि  भइसकेको अवस्थामा लकडाउनलाई पालना गरेर घरमै बस्न आग्रह गरेका छन् । यसअघि नेपालमा तीन जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये एकजना निको भइसकेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top