ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा गुडिरहेको जिपबाट खस्दा एक घाइते

  सल्यान खबर डेस्क २०८० जेठ ६ गते शनिबार १७:५०:०० मा प्रकाशित

जेठ ६,सल्यान 
सल्यानमा गुडिरहेको जिपबाट खस्दा एक महिला सख्त घाइते भएकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका १ काभ्रा बजारबाट नयाँ गाउँ जाँदै गरेको भे १ च १५५९ नम्बरको डबल क्याप बोलेरो जिपबाट शनिबार दिउँसो खस्दा कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर निवासी ४० वर्षीया डिल्ली कामी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गुडिरहेको जिपको ढोका अकस्मात खुल्दा जिपमा सवार कामी खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए । गम्भीर घाइते भएकी कामीलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुर लगिएको उहाँको भनाई छ ।

उहाँका अनुसार महिलाको अवस्था गम्भीर रहेको छ । जिप चालक कालिमाटी गाउँपालिका १ का २६ वर्षीय पप्पु डाँगी सख्त घाइते भएकी महिलाको साथमा रहेका घाइते महिलालाई उनले नै अस्पताल लगेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top