ट्रेण्डिङ

होमपेज / समाज

कपुरकोट हेल्थ डेस्कमा ३३ हजार बढीको कोरोना परीक्षण

देशबाट फर्केकाहरुको घरमै पुगेर परामर्श

  सल्यान खबर डेस्क २०७६ चैत्र १४ गते शुक्रबार १९:१४:३० मा प्रकाशित

चैत १४, सल्यान 
फागुन १ गतेदेखि कपुरकोटमा स्थापना गरिएको हेल्थ डेस्कमा हालसम्म ३३ हजार बढीको कोरोना स्क्रिनिङ परीक्षण गरिएको छ ।

शुक्रबारसम्म ३३ हजार ८४९ जनाको कोरोना स्क्रिनिङ परीक्षण गरिएको फोकल पर्सन  देवेन्द्र कुमार सेनले जानकारी दिए ।  परीक्षण गरिएका व्यक्तिमा अहिलेसम्म कुनै पनि कोरोनासँग मिल्ने लक्षण फेला नपरको उनको भनाई छ । कर्णाली प्रदेश सरकार र कपुरकोट गाउँपालिकाको समन्वयमा संचालन भएको हेल्थ डेस्कमा गाउँपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरु संगै कर्णाली सरकारको तर्फबाट ५ जना एचए र २ जना सामुदायीक नर्स खटेका छन् ।

यस्तै नेपाली सेना र नेपाल प्रहरी पनि रातदिन खटिरहेको सेनले बताए ।

विदेशबाट फर्केकाहरुको घरमै पुगेर परामर्श
सल्यान९ विदेशबाट फर्किएकाहरुलाई सल्यानको कपुरकोट गाउँपालिकाले खोजी गर्दै घरमै गएर परामर्श दिने कार्यलाई जारी राखेको छ । भारत, कतार लगाएतका देशबाट आएका नागरिकहरुलाई खोजी गर्दै उनीहरुको घरमै पुगेर छुट्टै बस्न आग्रह सहित आवश्यक परामर्स दिइएको गाउँपालिकाले जनाएको छ ।

कोरोना भाइरस फैलन नदिन सकेसम्मको प्रयास गरेको जनाउँदै गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले कपुरकोट स्थीत हेल्थ डेस्कमा आएकालाई त्यहिँ नै र पैदल मार्फत अन्यत्रको बाटो हुँदै गाउँ आएका व्यक्तिहरुलाई स्वास्थ्यकर्मी सहित घरमै पुगेर होम क्वारेन्टाइनमा बस्न लगाइएको जनाए ।


            गाउँपालिकाका ६ वटै वडाहरुमा सतर्कता समिती गठन भएका छन् भने गाउँगाउँमा पर्चा, पमपलेट लगाएतका माध्यमबाट पनि सतर्कताका क्रियाकलापहरु सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ । कपुरकोट ६ मा ४ जना, कपुरकोट ४ मा एक जना र कपुरकोट ३ मा एक जना विदेश बाट फर्केर आएका ब्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै विशेष सावधानी अपनाउन आग्रह गरिएको हेल्थ डेस्क कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनले जानकारि दिए ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top