ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा नवदम्पतीद्धारा विवाह खर्च कटाएर विद्यालयमा अक्षयकोष

  सल्यान खबर २०८० जेठ १ गते सोमबार १३:४१:५८ मा प्रकाशित

 जेठ १,सल्यान 

पछिल्लो समय विवाहमा भोजभतेरका नाममा फजुल खर्च गर्ने प्रचलन बढ्दै गइरहेको पाइन्छ । आफ्नो गक्षता भन्दा पनि देखासिकी र अरूलाई देखाउनकै लागी भएपनि शाहुऋण लिएर विवाहलाई भड्किलो बनाउने प्रचलन देखिन्छ । तर सल्यानका एक नव विवाहित जोडीले भने विवाहमा हुने फजुल खर्चलाई कटाएर सामाजिक कार्यमा लगाएका छन् । 

जिल्लाको कुमाख गाउँपालिका २ कैनकाँडाका गणेश रावतको दम्पतीले विवाहको खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । रावतले आइतबार आफ्नै घरमा सोही गाउँपालिका ३ गरुदाँसेकी मिना रानासँग विवाह भएको थियो । नव विवाहित जोडीले विवाह मन्डपबाट नै दम्पतीले नारायण माध्यमिक विद्यालयमामा १ लाख ५ हजारको अक्षयकोष खडा गरेका हुन । 

विवाहमा हुने खर्च समाजका लागि लगाउन सके सामाजिक प्रतिष्ठा कमाइने बताए । 

समाज परिवर्तन आफैबाट गर्ने भन्दै उनीहरू विवाहमा हुने खर्च कटौती गरेर १ लाख ५ हजारको गणेश मिना वैवाहिक अक्षयकोष पनि खडा गरेका छन् । आफूले  कक्षा १० सम्म अध्ययन गरेको स्थानीय नारायण माविका गरिब, जेहेन्दार र उत्कृष्ट  विद्यार्थीको छात्रवृत्तिका  लागि अक्षय कोष प्रयोग हुने गणेश रावतले बताउनु भयो  । 

परम्परादेखि गरिँदै आएको विवाहमा गरिने खर्चलाई सामाजिक कार्यमा लगानी गर्दै वैवाहिक सम्बन्धलाई गौरवपूर्ण इतिहासको रुपमा विकास गर्न प्रगतिशील विवाह गरेको उहाँको भनाई छ । प्रगतिशील संस्कारलाई अवलम्बन गरेर जाने भन्दै समाजलाई पनि त्यसमा केन्द्रित गर्दै लिने रावतको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top