ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा मोटरसाइकल र ट्रक ठोकिदा एक घाइते

  सल्यान खबर २०८० जेठ १ गते सोमबार १२:४१:०१ मा प्रकाशित

जेठ १,सल्यान 
सल्यानमा मोटरसाइकल र ट्रक एकआपसमा ठोकिदा एक जना घाइते भएका छन् । छिन्चु जाजरकोट सडकखण्ड अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका १ अम्रामा सोमबार बिहान मोटरसाइकल र ट्रक एक आपसमा ठोकिएका हुन । 

नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको भे १ ख ३९१९ नम्बरको ट्रक र विपरित दिशाबाट आइरहेको भे १२ प ९२ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

ट्रक र मोरसाइकल ठोकिदा मोटरसाइकल चालक बनगाड कुपिण्डे नगरपालिका बालुवासंग्रहीका २१ वर्षीय सौरब शाही गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । 

गम्भीर घाइते शाहीलाई उपचारका लागि नेपालगञ्ज पठाइएको उहाँको भनाई छ । मोटरसाइकललाई ठम्कर दिने ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top