ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा एक ट्याक्टर गाँजा नष्ट

  सल्यान खबर २०८० बैशाख २४ गते आइतबार १९:२४:०८ मा प्रकाशित

वैशाख २४,सल्यान 
सल्यान प्रहरीले ठूलो परिमाणमा गाँजा नष्ट गरेको छ । जिल्लाको शारदा नगरपालिका १२ का का पलेटी जिउला, रेशम जिउलाको विभिन्न स्थानमा आफै उम्रिएको गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 इलाका प्रहरी कार्यालय शितलपाटीबाट खटिएको गस्ती टोलीले अवैध रुपमा गाजाँ उम्रिएको देखेपछि फडानी गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । फडानी गरेको एक ट्याक्टर गाँजा जनप्रतिनिधि र स्थानीयको रोहबरमा नष्ट गरिएको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top