होमपेज / समाज
वैशाख २४,सल्यान
सल्यानमा विषादी सेवन गर्दा १२ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका ४ लौराबाङका १२ वर्षीय रबिन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आफ्नै बारीमा काम गर्ने क्रममा आमा र दाईसँग सामान्य वादविवाद हुँदा रबिनले घर आइ नुभान नामक विषादी सेवन गरेका थिए । विषादी सेवन गरी घरको ट्वाइलेटमा बेहोस पल्टेको अवस्थामा आमाले देखेकी थिइन । बेहोस पुनको सल्यान बागचौरमा रहेको जनप्रिय पोलिक्लिनिकमा सामान्य उपचार पश्चात नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।
नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा रबिनका मृत्यु भएको उहाँको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरलीले जनाएको छ ।





.jpg)