होमपेज / समाज
वैशाख २३,सल्यान
सामुदायिक वन उपभोक्ता महासंघ सल्यानको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुरुषोत्तम भट्टराई निर्वाचित हुनु भएको छ । महासंघका अधिवेशनले भट्टराईको अध्यक्षतामा २७ सदस्सीय नयाँ कार्य समिति सर्वसम्मतत चयन गरेको छ ।
जसको उपाध्यक्षमा डम्बर सिंह तिरुवा, सचिव अरुणा खत्री, कोषाध्यक्ष मुना हमाल र सह सचिव गोविन्द शर्मा निर्वाचित हुनु भएको हो ।
जिल्लामा मात्रै ६०० भन्दा बढी सामुदायिक वन समूहहरु रहेको र ३५० भन्दा बढी समूह महासंघमा आवद्ध भएको जानकारी दिइएको छ । बन संरक्षण तथा सही सदुपयोग गर्न सके उपभोक्ता र राज्य दुवैलाई प्रत्यक्ष फाइदा पुग्ने बक्ताहरुको भनाई थियो । कार्यक्रममा वन समूह र विभिन्न महासंघमा काम गर्ने क्रममै अहिले छत्रेश्वरी गाउ्रँपालिका उपाध्यक्षको जिम्मेवारीमा रहनुभएकी बुद्ध कुमारी खत्रीलाई प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष भट्टराईले सामुदायिक वन उपभोक्ता महासंघ एउटा ठूलो सञ्जाल भएको, समावेशी संगठन भएको र जनजिविकासँग प्रत्यक्ष जोडिएको बताउनु भयो । जनतासँग प्रत्यक्ष रुपमा जोडिएको संगठन भएकोले यसलाई चलायमान बनाउन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा सामुदायिक वन महासंघका केन्द्रिय सदस्य प्रेमा अधिकारी, छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य भिमा बुढाथोकी, कर्णाली प्रदेश अध्यक्ष घनश्याम शर्मा, प्रदेश सचिव सूर्यकिरण चन्द, खानेपानी उपभोक्ता महासंघका सचिव राजेश वि.क. लगायतको सहभागिता रहेको थियो ।





.jpg)