ट्रेण्डिङ

होमपेज / समाज

सल्यान कपुरकोटबाट गइरहेको जिप र मोटरसाइकल ठोकिदा ५ घाइते

  सल्यान खबर २०८० बैशाख २२ गते शुक्रबार १७:१४:५३ मा प्रकाशित

वैशाख २२,सल्यान 
तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलामा जिप र मोटरसाइकल एक आपसमा ठोकिदा ५ जना घाइते भएका छन् । शुक्रबार बिहान सल्यानको कपुरकोटबाट दाङ तुलसीपुर जाँदै गरेको रा १ त ३२१ नम्बरको जिप र विपरित दिशाबाट आइरहेको रा ८ प १६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा ५ जना घाइते भएका छन् । 

घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपाकिला ९ का ३८ वर्षीय मेघराज योगी, जिपमा सवार तलसीपुर उपमहानगरपालिका ३ राम्रीका १७ वर्षीय शारदा केसी, शोही ठाउँका १० वर्षीय तेज बहादुर  खत्री, जिप चालक सल्यान कपुरकोट गाउँपालिका ५ सलामका १९ वर्षीय जोगेन्द्र बलामी मगर, सहचालक शोही ठाउँका १७ वर्षीय रबिन पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनु भयो । 

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको र सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको उहाँको भनाई छ । जिप र मोटरसाइकल सडकदेखि ६० मिटर तल सखेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top