ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको दार्मामा योजना निर्माण तालिम सम्पन्न

  सल्यान खबर २०८० बैशाख १९ गते मंगलबार १३:३२:०३ मा प्रकाशित

वैशाख १९,सल्यान 

स्थानीय तहको योजना निर्माण सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम दार्मा गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि, कार्यपालिका सदस्य, शाखा प्रमुख तथा वडा सचिव गरी ५८ जनाको सहभागिता रहेको थियो ।

दार्मा गाउँपालिकाको आयोजना तथा स्थानीय पूर्वाधार सहयोग कार्यक्रम  को प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा निर्वाचित जनप्रतिनिधिलाई भार विधिको प्रयोगबाट योजना छनौट गर्न सिकाइको थियो । योजना छनौटमा भौतिक पूर्वाधारका योजनाका साथै सामाजिक विकासका योजनाका साथै उत्थानशील, जलवायु अनुकूल, हरित, दिगो ,श्रममा आधारित योजनालाई प्राथमिकतामा राख्न प्रेरित गरिएको थियो । सहभागीलाई योजना तर्जुमाका विभिन्न अनुसूचीमा अभ्यास गराई विषयवस्तुमा प्रस्ट पारिएको थियो ।

तालिममा सहभागी वडा अध्यक्षहरूले गत आ.व मा योजना छनौटको समय एकदमै कम भएकाले राम्ररी योजना छनौट गर्न नसकिएको तर अव तालिम पश्चात् के कस्ता योजना कसरी छान्ने भन्ने विषयको ज्ञान प्राप्त भएकाले अव राम्रो योजना छान्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

तालिम वाट सिकेका ज्ञानले वडाबाट राम्रा योजना आउने र ठोस उपलब्धि पनि देखिने सम्भावना बढेको प्रमुख प्रशासकीय अधिकृत रेसम ओलीले व्यक्त गर्नु भयो । सङ्घीय सरकारले यस वर्ष प्रदान गर्ने अनुदानको रकम घटाएकाले योजनामा पनि कटौती हुने भएकाले राम्रो योजना छान्न आग्रह गर्नु भयो । कार्यक्रमको सहजीकरण स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका योजना तथा क्षमता विकास सल्लाहकार पोषण सेन्चुरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top