ट्रेण्डिङ

होमपेज / समाज

अभिभावक बिहिन दुई बालकको सहारा बने मिनराज

  सल्यान खबर डेस्क २०८० बैशाख १६ गते शनिबार १५:३५:५१ मा प्रकाशित

 वैशाख १६,सल्यान 
आमा बुवा बिहिन सल्यानका दुई बालकको मिनराज डिसी अभिभावक बन्नु भएको छ । स्थानीय समाजसेवी मिनराज डिसीले जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ५ खैरागारका ७ वर्षीय हिमाल राना र १२ वर्षीय प्रदीप रानालाई बागेश्वरी माध्यमिक विद्यालय सिम्ता सुर्खेत र लर्नग्रिन रिभर बोडिङ स्कुलमा भर्ना गर्नु भएको छ । 

हिमाल ख वर्गको अपांगता समेत रहनु हुन्छ । दुवैलाई डिसीको समन्वयमा विद्यालयले निःशुल्क पढाउने तथा होस्टेलमा बस्ने व्यवस्था मिलाइएको छ । 
६ वर्ष अघि बुवा बुदे रानाको मृत्यु र एक वर्ष अघि आमा कुमारी राना अर्कोसँग विवाह गरी गएपछि तीन भाई बेहसारा भएका थिए । जेठो दाई १३ वर्षीय खुमलाल राना पनि क वर्गको अपांगता हुनु हुन्छ । आमाबुवा बिहिन तीन भाई ८० वर्षीय वृद्धा हजुरआमा हिमा रानाको सहयोगमा बस्दै आइरहेका थिए । 

सबै जना काम गरेर खान नसक्ने भएपछि डिसीले दुई भाइलाई पढ्ने, खाने, बस्ने व्यवस्था सहित विद्यालयमा भर्ना गराउनु भएको हो । गत वर्ष १२ वर्षीय प्रदीपलाई सल्लीबजारमा रहेको बोडिङ स्कुलमा भर्ना गराएको र यस वर्ष अर्पागत भएका हिमाललाई सुर्खेतको एक विद्यालयमा भर्ना गराएको समाजसेवा मिनराज डिसीले बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top