ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा जिप दुर्घंटना हुँदा पाँच घाइते

  सल्यान खबर २०८० बैशाख ११ गते सोमबार १८:५३:३३ मा प्रकाशित

वैशाख ११,सल्यान 
सल्यानमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोमबार दिउँसो राप्ती लोकमार्ग अन्तर्गत छत्रेश्वरी गाउँपालिका ६ कल्लेखोला मोडमा दुर्घटना भएको हो । 

सल्यानको फलाबाङबाट श्रीनगर आउँदै गरेको लु १ ज ९७२७ नम्बरको डबलक्याप जिप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
प्रहरीका अनुसार सल्यान शारदा नगरपालिका ११२ अम्रईटाकुराकी ५८ वर्षीया गोमा बोहरा, २९ वर्षीय सागर बोहरा, ३८ वर्षीया कमला बुढाथोकी ३३ वर्षीय गोविन्द बोहरा र ४३ वर्षीय गोपिलाल बोहरा घाइते भएका छन् ।

घाइते सबैको श्रीनगर स्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । घाइते मध्ये गोमाको अवस्था गम्भीर रहेको छ भने अन्य सामान्य रहेको उहाँको भनाई छ ।

अनियन्त्रित भइ भित्तामा ठोक्किएको जिप सडकमा नै पल्टिएको छ । जिप चालक शारदा नगरपालिका १२का राजेश बोहरा फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top