होमपेज / समाज
वैशाख ७,सल्यान
सल्यानको एक वनमा लागेको ढडेलो बस्तीमा पस्दा घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाको कालिमाटी गाउँपालिका ६ काराँघारीको खहरेखोला वनमा लागेको ढडेलो बस्तीमा पस्दा स्थानीय देवीलाल खड्काको घर गोठ जलेर पूर्णरुपमा नष्ट भएको हो ।
बिहीबार दिउँसो जंगलमा लागेको ढडेलो वस्तीमा पसेको थियो । घर र गोठमा आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा लगायतका महत्वपूर्ण कागजात जलेर नष्ट भएको स्थानीय हिरालाल शर्माले जानकारी दिनु भयो ।
आजभोली गहुँ काट्ने सिजन भएकाले सबै किसान गहुँबारीमा हुँदा घरगोठमा लागेको आगो नियन्त्रण गर्न नसकिएको उहाँले बताउनु भयो । आगलागीबाट झन्डै २ लाख ५० हजार बढी क्षति भएको अनुमान गरिएको शर्माको भनाई छ । बस्ती पातलो भएकाले ढडेलो लाग्नबाट जोगिएको शर्माले बताउनु भयो ।
डढेलोले घरगोठ पूर्णरुपमा नष्ट भएपछि खड्काको परिवार छिमेकी कृष्ण बहादुर खत्रीको घरमा बस्नु भएको छ ।





.jpg)