ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको ढोरपिपरलबाट एकीकृत रूपमा पशु र कृषि उप शाखाको सेवा

  सल्यान खबर २०८० बैशाख ६ गते बुधबार १८:०३:५७ मा प्रकाशित

वैशाख ६,सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिका  ७ को ढोरपिपलमा आज एक कार्यक्रमका बिच पशु सेवा र कृषि विकास कार्यालयले सेवा प्रवाह सुरु गरेको छ ।

जनताको सेवालाई नजिकवाट सेवा दिने उद्देश्यले उक्त सेवा सुचारु गरिएको छ । वडा वडामा सेवा दिन पर्ने भएपनी कर्मचारीको बाध्यतालाई मध्यनजर गर्दै ६ वटा वडाको मध्य भागमा पर्ने ढोरपिपलमा सेवा सुचारु गरिएको छ । उक्त कार्यालयमा सेवा लिन ७ देखि १२ वडा सम्मका जनताले सेवा लिन सहज हुने बताएको छ । 

उक्त कार्यक्रम नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, उप प्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती, ७ वडा अध्यक्ष जीवन सिह ठकुरी, ८ वडा अध्यक्ष कुलबहादुर पुरि, ११ न वडा अध्यक्ष वीर बहादुर बुढा लगाएत स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top