ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा माटोको ढिस्कोले पुरिदा २ जना घाइते

  सल्यान खबर २०८० बैशाख ३ गते आइतबार १५:४८:१३ मा प्रकाशित

 वैशाख ३,सल्यान 

सल्यानमा माटोको ढिस्कोले पुरिदा दुई जना घाइते भएका छन् । जिल्लाको बागचौर नगरपालिका २ स्थित ठिनवाङ खोलामा तार जाली भर्न खाडल खनिरहेको अवस्थामा माथिबाट आएको माटोको ढिस्कोले पुरेको हो । 

माटोको ढिस्कोले पुरिदा सल्यान बागचौर नगरपालिका १ धारापानीका अन्दाजी १७ वर्षीय नवीन केसी र सोही ठाउँका अन्दाजी २५ वर्षीय राजन बस्नेत घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

जेसिबिले तार जाली भर्ने खाडल खनी रहेको अवस्थामा माटोको ढिस्को खस्दा दुई जना पुरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । घाइते केसीको अवस्था गम्भीर रहेको र उनको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बस्नेतको अवस्था सामान्य रहेको र उनको बागचौरमा रहेको जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको उहाँको भनाई छ । जेसिवि चालक सल्यान शारदा नगरपालिका १३ का २५ वर्षीय सुमन योगीलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । 

फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित खवर

Top