होमपेज / समाज
वैशाख २,सल्यान
सल्यानमा वेपत्ता भएको २० दिनपछि एक पुरुष मृत फेला परेका छन् । जिल्लाको शारदा नगरपालिका ७ ओख्रेनीका ३८ वर्षीय भद्र बहादुर विक हराएको २० दिनपछि शनिबार मृत फेला परेका हुन ।
शारदा नगरपालिका ७ कागेखोला स्थित मसिना सामुदायिक वनको भिरमा सडेगलेको अवस्थामा गाई बाख्रा चराउन जंगल गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।
मृत्तक वि.क.का छोराले कपडाको आधारमा सनाखत गरेको उहाँको भनाई छ । वि.क गत चैत १२ गते घरबाट निस्किएपछि वेपत्ता भएका थिए । वि.कको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा ल्याइएको र अन्य अनुसन्धानको काम अघि बढेको प्रहरीको भनाई छ ।





.jpg)