ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा बजेटको माग गर्दै अनसन

  सल्यान खबर डेस्क २०८० बैशाख २ गते शनिबार १५:३४:२५ मा प्रकाशित

वैशाख २,सल्यान 
सल्यानमा बजेटको माग गर्दै एक जना अनसनमा बस्नु भएको छ । जिल्लाको बागचौर नगरपालिका २ अग्लाटाकुरा भ्यू टावरमा मन्दिरमा मूर्ति निर्माणमा  लागेको बजेटको माग गर्दै स्थानीय रुद्रमधु डिसी अनसनमा बस्नु भएको हो । शुक्रबार बेलुका ७ बजेदेखि बागचौरको सहिद हेट नजिकैको पिपल चौतारीमा डि.सी. पहेँलो पोशाकमा अनसन बस्नुभएको छ ।

गत वर्ष मन्दिरमा मुर्ति, ट्रस्ट घर, गेट, टिनका झलर, मुर्ति राख्ने ठाउँ, भित्री घेरबार, ४ वटा बोर्ड निर्माण गरेको, शारदा खोलाबाट बालुवा गिट्टी र पानी बोकेको र १८ जना श्रमिक लगाएकोमा कुल खर्च २२ लाख ३० हजार भएको र त्यसमध्य ८ लाख चन्दा उठाएर तिरेको र बाँकी रहेको १४ लाख ३० हजार ऋिण भएको हुँदा त्यो रकम नगरपालिकाले तिर्नुपर्ने भन्दै अनसनमा बस्नु भएको हो । 

तत्कालीन सरकारले बजेट विनियोजित गर्ने आश्वासन दिएपछि सो काम उहाँले उधारोमा गरेको र अहिले ऋिणमा रहेको उहाँको भनाई छ । 
बागचौर नगरपालिकाले केही बजेट विनियोजन गरेपनि तत्कालीन सरकारले गरेको कामको भुक्तानीका लागि अहिले बजेट अपुग भएपछि पुरा भुक्तानी हुन नसकेको बताएको छ ।


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top