ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा करेन्ट लागेर कर्मचारीको मृत्यु

  सल्यान खबर डेस्क २०७९ चैत्र २५ गते शनिबार १८:५०:५२ मा प्रकाशित

चैत २५,सल्यान 
सल्यानमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा वर्डलिंकको अफिसमा कार्यरत शारदा नगरपालिका  २ डाडाँगाउँ निवासी अन्दाजी ४२ वर्षीय प्रलाद शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

शनिवार दिउँसो छत्रेश्वरी गाउँपालिका १ दमाचौरमा वर्डलिंकको फाइबर लाइन विस्तार गर्न विद्युतको पोलमा सिढि लगाउने क्रममा एक्कासी करेन्ट लागि गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । 

करेन्ट लागि गम्भीर घाइते शाहको स्थानीय दिघार्यू मेडिकलमा सामान्य उपचार पछि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको उहाँको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top