ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ७० वर्षीय वृद्धद्धारा विषादी सेवन

  सल्यान खबर २०७९ चैत्र २४ गते शुक्रबार १९:०५:१५ मा प्रकाशित

चैत २४,सल्यान 
सल्यानमा विषादी सेवनबाट ७० वर्षीय वृद्ध गम्भीर विरामी भएका छन् । जिल्लाको कालिमाटी गाउँपालिका २ झिगानेका अन्दाजी ७० वर्षीय नर बहादुर डाँगी गम्भीर बिरामी भएका हुन । 

शुक्रबार दिउँसो आफ्नै घरमा कोही नभएको मौका छोपी किरा मार्ने विषादी सेवन गरी कोठामा पल्टी रहेको अवस्थामा छोराले फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । 

विषादी सेवन गरेको डाँगीको उपचारका लागि दांग तुलसीपुर लगिएको उहाँको भनाई छ । विषादी सेवनको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top