होमपेज / समाज
चैत २३,सल्यान
सल्यानमा मोटरसाइकले ठक्कर दिँदा एक विद्यार्थी गम्भीर घाइते भएकी छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ शंखमुलमा रा ४ प ५६७ नम्बरको मोटरसाइकलले पैदलयात्री पश्चिम रुकुम आठविसकोट नगरपालिका ४ घर भई शंखमुलमा अध्ययन गर्ने १८ वर्षीया विर्सना केसीलाई ठक्कर दिएको हो ।
मोटरसाइकलको ठक्करबाट घाइते केसीको शारदा नगरपालिकाच १ स्थित शारदा मेट्रो अस्पताला सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।
घाइते केसीको टाउकोमा गहिरो चोट लागेको उहाँको भनाई छ । ठक्कर दिने सल्यान छत्रेश्वरी गाउँपालिका ६ दारिमजिउला बस्ने अन्दाजी २४ वर्षीय डिसेम्बर खड्कालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।





.jpg)