ट्रेण्डिङ

होमपेज / समाज

बनगाड ८ बाबियाचौरमा वडा कार्यालय भवन शिलान्यास

  सल्यान खबर २०७९ चैत्र १९ गते आइतबार २२:२६:२८ मा प्रकाशित

चैत १९,सल्यान 
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ८ को बाबियाचौरमा वडा कार्यालय भवन शिलान्यास गरिएको छ । आइतबार एक कार्यक्रमका बिच नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले भवनको शिलान्यास गर्नु भएको छ । 

 शिलान्यास कार्यक्रम बोल्दै नगर प्रमुख बुढाथोकीले  पाँच वर्ष भित्र सबै वडा कार्यालयहरु सरकारी भवनबाट जनतालाई  सेवा दिने गरि लाग्ने बताउनु भएको छ । समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई समेत आग्रह गर्नु भएको छ । स्वर्णिम स्वस्तिका कन्स्ट्रक्सन एन्ड सप्लायर्सका निर्माण व्यवसायी छबिलाल बि क ले लागत अनुमाण भ्याट बाहेक ७८ लाख ३० हजारमा असार मसान्तसम्म काम सम्पन्न गर्ने गरि जिम्मेवारी लिएको इन्जिनियर महेश देवकोटाले जानकारी दिनु भएको छ  । शौचालय सहित ६ कोठाको एक तलाको भवन बन्न समेत बताएको छ । 

शिलान्यास कार्यक्रम नगर प्रमुख बुढाथोकी, उप प्रमुख पुरुषोत्तम आचार्य ८ न वडा अध्यक्ष कुलबहादुर पुरी, इन्जिनियर महेश देवकोटा लगाएतको उपस्थिति रहेको थियो । साथै महादेव प्रावी बनगाड कुपिण्डे नगरपालिका ८ ज्यामिरे पनि ३ कोठे भवन शिलान्यास गरिएको छ वली कन्स्ट्रक्सन ३३ लाख ७३ हजार ४ सय ४६ रुपैया भ्याट सहित काम गर्ने जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top