ट्रेण्डिङ

होमपेज / समाज

अर्मपर्मले थेगेको सल्यानको खेती

  सल्यान खबर डेस्क २०७९ चैत्र १८ गते शनिबार १७:०१:०८ मा प्रकाशित

चैत १८,सल्यान 

यति बेला पहेलपुर भएर पाकेको गहुँ भित्र्याउने मौसम हो । बारीमा पाकेको गहुँ र पाकेको गहुँमा पानी परि रहँदा किसानले दिनरात नभनी गहुँ काट्न व्यस्त छन् । 

गाउँघरमा पहिलेको जस्तो अर्मपर्म गर्ने चलन हराउँदै गएको कुमाख गाउँपालिका ३ की किसान हिरा शाहीले बताउनु भयो । उहाँले भन्नु भयो अर्मपर्म चल्दै चल्दैन भन्ने त होइन तर पहिलाजस्तो अर्मपर्मबाटै खेतीपातीका काम टार्ने अवस्था छैन । गाउँमा श्रमिकको अभाव हुँदा आलोपालो मिलाएर अर्मपर्म नगरी निर्वाह नचल्ने उहाँको भनाई छ । 

कृषि गर्ने जनशक्तिको अभाव हुँदा अर्मपर्म नै विकल्प भएको अर्का किसान मेनका जैसीको भनाई छ । उहाँले भन्नु भयो धेरैजसो युवाहरू विदेश, थोरै भएका पढ्नेमा नै हुने भएकाले  अर्मपर्मको चलन चलाउँदै आइरहेको जैसीको भनाई छ । उहाँले भन्नु भयो ‘गाउँघरमा कृषि गर्ने मान्छे छैनन् अर्को तिर पहिलेको जस्तो अर्मपर्मको चलन पनि हराउँदै गएको छ । घरमा ठुलो जान हुनेले सानोतिनो खेती गर्ने नत्र खेतीपाती गर्न निकै समस्या हुने गरेको छ ।’ 

वैदेशिक रोजगारीका लागि विदेश जाने सहित पढाई र अन्य रोजगारीका लागि गाउँ छोड्न क्रम बढी हुँदा खेतीपाती गर्न निकै सकस हुने गरेको मुना शर्माको भनाई छ । अर्मपर्मका माध्यमबाट सामूहिक कार्य गर्दा सहज भएपनि एकल परिवार हुनेलाई भने निकै समस्या हुने गरेको शमाले बताउनु भयो । उहाँले भन्नु भयो ‘अर्मपर्मबाट काम गर्दा सजिलो हुनुका साथै सुख दुखका कुरा साटासाट गर्न सजिलो त भएको छ तर सानो परिवार भएको घरले अर्काको पर्म तिर्न जानेको घर व्यवहार चलाउने गाह्रो हुँदो रहेछ ।’ 

श्रमिकको अभाव हुँदा गाउँ गाउँमा कृषि उपकरणहरू पनि भित्री रहेका छन् । झन्झटबाट मुक्ति पाउन मेशिन आए पनि सडक वरपरकालाई मात्र सहज हुने गरेको किसानको भनाई छ । 

कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा १४ हजार २ सय १७ हेक्टर क्षेत्रफलमा २७ हजार ३ सय ७० मेटिकट्न गहुँ उत्पादन हुँदै आइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top