ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा भीरबाट लडेर वृद्धाको मृत्यु

  सल्यान खबर २०७९ चैत्र १६ गते बिहीबार १४:४५:२९ मा प्रकाशित

चैत १६,सल्यान 
सल्यानममा भीरबाट लडेर वृद्धाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका ६ वडागाउँकी अन्दाजी ७० वर्षीया पदमी परियारको मृत्यु भएको हो ।
 बागचौर नगरपालिका ३ स्थित सेताभिरबाट लडेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । 

बिहीबार बिहान सडकदेखि २० मिटर तल परियारको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले बताउनु भयो । 
उहाँ केही दिनदेखि छोरीको घरमा बस्दै आउनु भएको थियो । मृत्तक परियारको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल राखिएको प्रहरीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top