ट्रेण्डिङ

होमपेज / समाज

व्यक्तिगत लगानीमा मास्क वितरण

  सल्यान खबर डेस्क २०७६ चैत्र १४ गते शुक्रबार ११:३८:५७ मा प्रकाशित

चैत १४, सल्यान 
सल्यानका एक युवाले  कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरण गर्न मास्क वितरण गरेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ भोटेचौरका पोषण परियारले वडाका १ सय ५० बढीलाई मास्क वितरण गरेका छन्  । 
बेबिशा ससिैग सुटिंग एण्ड बुटिक सेन्टरको प्रो प्राइटर समेत रहेका परियारले  रोग लागेर उपचार गर्नु भन्दा रोग नै लाग्न नदिनु उत्तम भएकाले आफ्नो गक्ष अनुसार मास्क वितरण गरेको उनले बताए । उनले भने  विपद्को यो घडीमा लुट भन्दा छुट गर्ने गरौं । आफैले  उत्पादन गरेर मास्क वितरण गरेको उनको भनाई छ । 
उनले भिडभाडमा नजान नागरिकलाई आग्रह गर्ने गरिएको बताए ।कोरोना भाइरसको संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय नै साबुनपानीले नियमित हात धुने, भिडभाडमा नजाने र मास्कको प्रयोग हो उनले भने । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top