होमपेज / समाज
चैत ७,सल्यान
सल्यानमा आगलागिमा परि गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि भारत लगिएको छ । सोमबार राती जिल्लाको कुमाख गाउँपालिका ४ भण्डारखोलामा रहेको एक किराना पसलमा आगलागी हुँदा ५ जना घाइते भएका थिए ।
गम्भीर घाइते पसल सञ्चालक कुमाख गाउँपाकिला ४भण्डारखोलाका २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना र २० वर्षीय सञ्जीव शाहलाई उपचारका लागि भारतको लखनउ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।
सामान्य घाइते १८ वर्षीय क्षेत्रमणी राना भने डिस्चार्ज भएको उहाँको भनाई छ । सोमबार राती शंकरको पसलमा एक्कासी आगलागी भएको थियो । आगलागीबाट घाइते ५ जनालाई कोहलपुर मेडिकल कलेज बाँके पठाइएको थियो ।





.jpg)