होमपेज / समाज
चैत ७, सल्यान
सल्यानको कुमाख गाउँपालिका ४ भण्डारखोलाको एक पसलमा आगलागि हुँदा ५ जना घाइते भएका छन् । गएराती शंकर रानाको किराना पसलमा एक्कासी आगलागि हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आगलागिमा परी पसल शाहु कुमाख गाउँपालिका ४ भण्डारखोलाका २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना, २० वर्षीय संजिव शाह र १८ वर्षीय क्षेत्रमणी राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।
घाइतेहरुको मिसन अस्पताल रुकुम चौरजहारीमा उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज बाँके रिफर गरिएको उहाँको भनाई छ । घाइते ५ जना मध्ये शंकर, यज्ञ जीवन र संजिवको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





.jpg)