ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका लम्की स्किन रोगबाट १० पशुचौपाय मरे

  सल्यान खबर २०७९ चैत्र २ गते बिहीबार १६:४३:०१ मा प्रकाशित

चैत्र २ सल्यान

सल्यानको कालीमाटी गाउँपालिकामा पशुमा लम्की  स्किन  रोगको संक्रमण देखिएको छ ।

जिल्लाको कालीमाटी गाउँपालिका वडा नं ४,५,६मा केही दिन देखि गाई तथा गोरुहरूमा शरीरभरि नै, छालामा गिर्खा र गाँठाहरू देखिने समस्या देखिएको हो ।

लम्की स्किन रोगबाट गाउँपालिका वडा नं ४, ५, ६ मा हाल सम्म १० वटा गाई गोरु मरिसकेको र ९४ वटा गाई गोरु बिरामी भएको तथ्याङ्क प्राप्त भएको कालीमाटी गाउँपालिका  पशु शाखा प्रमुख केशव बस्नेतले जानकारी दिनु भयो ।

बस्नेतको अनुसार सङ्क्रमणले महामारी नै लिन सक्ने भएकाले  गाउँपालिका रोग नियन्त्रणको लागि पहल थालिएको  जानकारी दिनु भयो । 

किसानले पालेका गाई गोरुमा रोगको सङ्क्रमण  बढी रहको तर रोगको पहिचान नभएको  भन्दै स्थानीय पुरुषोत्तम भट्टराइले रोगको पहिचानको लागि पठाएको फोटोलाई  पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा देखाउँदा लम्की स्किन भएको बताइएको छ ।

प्रयोगशाला प्रमुख डाक्टर विकास श्रेष्ठले रोग नियन्त्रणमा केही समस्या भए तत्काल प्रयोगशालामा ल्याब सहित सम्पर्क गर्न सुझाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top