होमपेज / समाज
फागुन ३०,सल्यान
भरूवा बन्दुक एक्कासि पड्किँदा किशोरको मृत्यु घटनाका फरार ४० वर्षीय आइते रावत पक्राउ परेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका रावत स्वारा ज्युलामा लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउमा परेका रावतलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याइएको र कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताउनु भयो ।
सोमबार बेलुकी शिकार खेल्न घर नजिकैको जंगलमा गएको समयमा आइते रावतले बोकेको बन्दुक एक्कासि पड्िकँदा साथमा गएका १६ वर्षीय किशोर चित्रबहादुर रावत घाइते भएका थिए । उनको उपचारका लागि प्रदेश अस्पताल कारागाउँ सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
बन्दुक पड्किँदा रावतको पेट र घाँटीमा गोली लागेको थियो । किशोर चित्रबहादुर रावतको मृत्यु भएपछि आइते रावत फरार भएका थिए ।
रावतले बोकेको भरुवा बन्दुक भने अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।





.jpg)