ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा हिरासत भित्रै थुनुवाद्धारा आत्माहत्याको प्रयास

  सल्यान खबर २०७९ फाल्गुण २८ गते आइतबार ११:३६:०१ मा प्रकाशित

फागुन २८, सल्यान
जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत भित्र एक व्यक्तिले आत्माहत्याको प्रयास गरेका छन । जवरजस्ती हाडनाता करणीमा पक्राउ परेका बनगाड कुपिण्डे नगरपालिकाका ३४ वर्षीय थुनुवाले हिरासत भित्रै ब्लेडले घाँटी काटेर आत्माहत्याको प्रयास गरेका हुन ।  

आइतबार बिहान ८ः३० बजे डिउटीमा खटिएका प्रहरीको आँखा छलेर बलाङकेट ओढेर ओछ्यान भित्र ब्लेडले घाँटी काटेर आत्माहत्याको प्रयास गरेको प्रहरी निरिक्षक सन्तोष खनालले जानकारी दिनुभयो । 

उहाँका अनुसार उक्त व्यक्ति बिहान अवेर सम्म सुतेको र नास्ता खान उठाउन खोज्दा ओछ्यानबाट रगत बगिरहेको देखेपछि हिरासत बाट निकालेर तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको हो । 

ब्लेडले धेरै काटिएकाले जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा रिफर गरिएको प्रहरी निरिक्षक खनालले बताउनु भयो । उनि गएको २५ गते जवरजस्ती हाडनाता करणीमा पक्राउ परेका थिए । उनलाई ५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । 
उनि सँग ब्लेड कसरी र कहाँ बाट आयो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top