होमपेज / समाज
फागुन २७,सल्यान
सल्यानमा जिप र मोटरसाइकल ठोकिदा दुई जना घाइते भएका छन् । छिन्चु जाजरकोट सडकखण्ड अन्र्तगत सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ घोरेरी पुल नजिकै शनिबार दिउँसो ठोकिदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ ।
एक आपसमा ठोकिदा मोटरसाइकलमा सवार दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका ९ का २९ वर्षीय लोक बहादुर रावत र २९ वर्षकै लक्ष्मण खड्का घाइते भएको इलाका प्रहरी कार्यालय सल्लीबजारका इन्चार्ज ऋषिराम दाहालले जानकारी दिनु भयो ।
जाजरकोटबाट सुर्खेत जाँदै गरेको बागमती प्रदेश –१–०२७ च ४०६९ नम्बरको जिप र नेपालगञ्जबाट रुकुम जाँदै गरेको सुपप्र०१–००८ प ४०२ नम्बरको मोटरसाइलक एक आपसमा ठोकिएका हुन ।
घाइते दुवैको सल्लीबजारमा सामान्य उपचार पछि थप उपचारका लागि रावतलाई नेपालगञ्ज पठाइएको उहाँको भनाई छ । खड्का भने सामान्य घाइते भएका छन् जिप र जिप चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।





.jpg)