ट्रेण्डिङ

होमपेज / समाज

बसको ठक्करबाट सल्यानमा मोटरसाइकल चालकको मृत्यु

  सल्यान खबर डेस्क २०७९ फाल्गुण २५ गते बिहीबार १७:४९:०४ मा प्रकाशित

फागुन २५,सल्यान  
सल्यानमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

बिहीबार दिउँसो सल्यानको त्रिवेणी गाउँपालिका ६ शंखमुल चोकमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक छत्रेश्वरी गाउँपालिका ३ पालेखोला निवासी अन्दाजी १९ वर्षीय अजय वलीको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

सल्यान श्रीनगरबाट त्रिवेणी गाउँपलिकाको काभ्रा जाँदै गरेको लु २ ख १२२२ नम्बरको बसले बिपरित दिशाबाट गइरहेको रा ५प ३०४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते वलीको थप उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । 

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धानको कार्य अघि बढाएको प्रहरीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top