ट्रेण्डिङ

होमपेज / समाज

बनगाड कुपिन्डे नगरपालिकाको हिउँदे अधिबेशन फागुन ३० हुने

  सल्यान खबर २०७९ फाल्गुण २१ गते आइतबार १९:२२:३७ मा प्रकाशित

फागुन  २१,सल्यान ।

बनगाड कुपिण्डे नगरपालिकाको दसौं कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकले नगरपालिकाको हिउदे अधिबेशन फाल्गुन ३० गते गर्ने निर्णय गरिएको छ ।

 नगरपालिका भित्रका ५ लाख भन्दा तलका सडकका योजनाहरुलाई उपभोक्ता समितिबाट काम गर्ने र  ५ लाख भन्दा माथीका टेण्डरको माध्यम बाट योजना कार्यन्वयन गर्ने निर्णय गरिएको प्रवक्ता धनबहादुर पुनमगरले जानकारी दिनु भएको छ ।

केही योजना संशोधन गर्नु पर्ने भएमा फाल्गुन  सम्म २८ गते सम्म नगरपालिकामा योजना पेश गरि सक्नु पर्ने प्रवक्ता पुनमगरले जानकारी दिनु भएको छ । नगरपालिका भित्रका सबै  करार कर्मचारी चैत्र मसान्तसम्म सम्झौता गर्ने निर्णय गरिएको छ ।

नगरपालिकाको रकमबाट टेन्डर भएको बिधुत छिटै बति बाल्नको लागि तत्काल गर्चे,गाइदुवा, पानेखोला, चिसापानी, गैरेकटेरी, टोलम बिधुत प्राधिकरण सल्यानलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ । धान पकेट क्षेत्र १ न वडा र बनगाड खोलालाइ अगाडि बढाउने निर्णय गरिएको छ । बिस्तारै सबै वडामा आवश्यकता अनुसार पकेट क्षेत्र घोषण गरिने समेत बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top