होमपेज / समाज
फागुन १७,सल्यान
जिल्ला प्रहरी कार्यालय सल्यानले होली (फागुपूर्णिमा) लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । कसैलाई पनि इच्छाविपरीत रङ्ग नदल्न आग्रह गर्दै होली पर्वलाई सद्भाव र शान्तिपूर्ण तरिकाले मनाउन सबैलाई अपिल गरेको छ ।
होली मनाउने नाममा रीतिरिवाज र परम्पराविपरीत उछृङ्खल क्रियाकलाप नगर्न प्रहरीले आग्रह गरेकोछ । होली पर्वलाई प्रेम, आपसी भाईचारा, सदभाव, उल्लास सँगै मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन सबैलाई आग्रह गरिएको छ ।
सूचनामा सर्वसाधारणलाई दुःख दिने, इच्छाविपरीत रङ्ग दल्ने, लोला तथा फोहर पदार्थले हान्ने, मादकपदार्थ सेवन गरेर अवाञ्छित क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न भनिएको छ । लागु पदार्थ, मादक पदार्थ सेवन गर्ने, त्रास पैदा गर्ने, सामाजिक शान्ति भङ्ग गर्ने जस्ता अराजक खालको व्यवहार नगर्न प्रहरीको अपिल छ । ट्राफिक नियम पालना गर्न र कुनै पनि किसिमले सामाजिक शान्ति भङ्ग हुने खालको कृयाकलाप नगर्न प्रहरीले अनुरोध गर्नुका साथै कसैले अवाञ्छित एवं उछृङ्खल क्रियाकलाप गरेको पाइए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।






.jpg)