ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा दुई सय बढी कुकुरको बन्ध्याकरण

  सल्यान खबर डेस्क २०७९ फाल्गुण १६ गते मंगलबार १७:११:५७ मा प्रकाशित

फागुन १६,सल्यान 
रेबिज रोग नियन्त्रणका लागि भन्दै सल्यानमा घरपालुवा तथा सामुदायिक कुकुरको बध्याकरण गरिएको छ । शारदा नगरपालिका २ टुडिखेलमा २ सय ५ कुकुरको बध्याकरण गरिएको हो ।

सामुदायिक कुकुरको संख्या नियन्त्रणसँगै रेविज रोग विरुद्धको खोपका साथै साथ बन्ध्याकरण कार्यक्रम गरिएको शारदा नगरपालिका पशु सेवा शाखाले जनाएको छ । 
छाडा छाडिएका सामुदायिक कुकुरहरुको सख्ंया बढ्न थालेपछि रेविजको पनि जोखिम उत्तिकै रहने भएकाले बन्ध्याकरण शिविर गरिएको पशु सेवा शाखाका मदुसुदन उपाध्यायले बताउनु भयो । उहाँले भन्नु भयो ‘बन्ध्याकरण गरेपछि कुकुरको संख्या बढ्न पाउदैन र रेविजको जोखिम पनि कम हुन्छ ।’ बन्ध्याकरण गरिएका सबै कुकुरलाई रेविज विरुद्धको खोप पनि लगाइएको उहाँको भनाई छ । 

हिमालयन एनिमल रेस्क्यु ट्रस्ट –हार्ट) नेपालको सहकार्यमा विगतका वर्षहरुमा पनि कुकुरको बन्ध्याकरण गरिएको बताउँदै उपाध्यायले आगामी दिनमा पनि यस प्रकारका कार्यक्रम सञ्चालन गरिने उहाँको भनाई छ । 

सामुदायिक कुकुरले मानिस तथा पशुचौपायलाई टोकेर घाइते बनाउनुका साथै रेविज रोगको सङ्क्रमण बढाउने, ट्राफिक आवागमनमा असर पु¥याउने र बालबालिकामा त्रास फैलाउने घटना बढेपछि नियन्त्रणका लागि बन्ध्याकरण र खोप कार्यक्रम चलाइएको उपाध्यायले बताउनुल भयो । 

‘नगरवासीको सुरक्षा एवं पशुको रक्षाका लागि सामुदायिक कुकुर नियन्त्रण गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको हो’, उहाँले भन्नु भयो, ‘अभियानका क्रममा घरपालुवा कुकुरकोसमेत बन्ध्याकरण गरिएको छ भने कुकुर पालनमा हेरचाह गर्न र छाडा नछोड्न सचेतनालगायत कार्यक्रम पनि गरिएको छ ।’
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top